रियल मड्रिडको शतप्रतिशत जित, बार्सिलोना दोस्रो स्थानमा उक्लियो

images
  • 134
    SHARES
  • भाद्र १९, २०७९ आइतबार
    रियल मड्रिडको शतप्रतिशत जित, बार्सिलोना दोस्रो स्थानमा उक्लियो
    images

    १९ भदौ, काठमाडौं ।

    स्पानिस ला लिगामा साविक विजेता रियल मड्रिडले शनिबर राति रियल बेटिसलाई २-१ ले पराजित गरेको छ । रियल मड्रिड यस सिजन खेलेका सबै ४ खेल जित्दै शतप्रतिशत नतिजा ल्याउने एक्लो टिम बनेको छ । ४ खेलबाट १२ अंकसहित रियल शीर्ष स्थानमा छ । यसअघि चार खेलमा अपराजित रहेको बेटिसको भने यो पहिलो हार हो ।

    घरेलु मैदानमा रियलका लागि भिनिसियस जुनियरले नवौँ र रोड्रीगोले ६५औं मिनेटमा गोल गरे । बेटिसका लागि सर्जी कानालेसले एक गोल फर्काए ।

    Real-Madrid.jpg
     

    रियल मड्रिडसँग बेटिस हार्दा यसको फाइदा बार्सिलोनाले उठाएको छ । सेभियालाई ३-० ले हराउँदै बार्सिलोनाले पनि अपराजित यात्रा कायम राख्दै दोस्रो स्थानमा उक्लेको छ ।

    चार खेलबाट १० अंक जोडेको बार्सिलोनाले बेटिसलाई पराजित पारेको हो । बेटिस ९ अंकसहित तेस्रो स्थानमा झरेको छ ।

    बार्सिलोनालाई सेभियाको मैदानमा जित दिलाउन राफिन्हाले २१औं, रोवर्ट लेवान्डोस्कीले ३६औं र एरिक गार्सियाले ५०औं मिनेटमा गोल गरे ।

    ला लिगाकै अन्य खेलमा एट्लेटिको मड्रिड र रियल सोसिडमडले १-१ को बराबरी खेलेका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend