राप्रपा नेपालको राष्ट्रिय स्वाभिमान यात्रा स्थगित

images
  • 111
    SHARES
  • भाद्र २६, २०७९ आइतबार
    राप्रपा नेपालको राष्ट्रिय स्वाभिमान यात्रा स्थगित
    images

    २६ भदौ, काठमाडौं ।

    राप्रपा नेपालले भदौ २९ देखि गर्ने भनेको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा स्थगित गरेको छ ।

    kamal-thapa.jpg

    आइतबार पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्यालय बैठकले निर्वाचन आचार संहितालाई दृष्टिगत गरी मेची महाकाली राष्ट्रिय स्वभिमान यात्राको स्वरुप परिवर्तन गरेको बताएको छ । अब स्वाभिमान यात्राको सट्टा जिल्लाहरुमा चुनावी सभा गर्ने प्रवक्ता सुरेश आचार्यले जानकारी दिए ।

    राप्रपा नेपालले वीरगञ्जमा असोज पहिलो साता हुने तय गरेको पार्टीको राष्ट्रिय भेला मकवानपुरको हेटौंडामा सारेको छ ।

    त्यस्तै उपाधयक्ष जयकुमार खड्काको संयोजकत्वमा काठमाडौं उपत्यकास्तरीय निर्वाचन समन्वय समिति गठन गरिएको प्रवक्ता आचार्यले जानकारी दिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend