साफ महिला च्याम्पियनसिप : भारतलाई पराजित गर्दै नेपाल फाइनलमा

images
  • 128
    SHARES
  • भाद्र ३१, २०७९ शुक्रबार
    साफ महिला च्याम्पियनसिप : भारतलाई पराजित गर्दै नेपाल फाइनलमा
    images

    काठमाडौं । 

    साफ महिला च्याम्पियनसिपको समिफाइनलामा नेपालले भारतलाई पराजित गरेको छ । शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भारत १–० ले हराउँदै फाइनलमा पुगेको हो ।

    saff1663298818_20220916195828.jpg

    खेलको पहिलो हाफको अन्त्यमा रश्मी कुमारी घिसिङले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन् । त्यहिँ गोल नेपालका लागि जितका लागि निर्णायक बन्यो ।

     

    प्रिति राईले दिएको पासमा रश्मीले गोल गरेकी थिइन् । पहिलो हाफको खेलमा भारतले नेपाललाई कडा चुनौती दिए पनि नेपालले त्यसको सामना गरेको थियो । अन्ततः खेलको पहिलो हाफमा भारत नेपालसामू चुक्यो । १–० मा सीमित भएर पहिलो हाफको खेल सकिएको थियो ।

     

    खेलको दोस्रो हाफमा भने दुवै टिमले गोल गर्न सकेनन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend