चितवन भरतपुरमा आयोजित आमसभालाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले जनताले अनुभूति गर्ने गरि देशको विकास हुन नसकेको बताउनु भएको थियो। अध्यक्ष लिङदेनले साँढेको टाङमुनि बाल्टी थापेर दूध नआउने प्रसङ्ग सुनाउदै ठुला भनिने दलहरुलाई भोट दिएर देश बन्छ भनेर सोच्नु गलत हुने बताउनुभयो ।

उहाँले अब विकल्प सोच्ने बेला आएको बताउनुभयो । चुनावलाई ख्यालख्याल नठानौँ उहाँले भने, 'भोट दिनुभन्दा अगाडी हजार पटक सोच्नुस्, बाजे-बाउको पार्टी भनेर भोट नदिनुस्, ठिक पार्टी र ठिक नेता चुन्नुपर्छ' । गएका चुनावहरुमा ठिक पार्टी र नेता चुन्न नसक्दा देश र जनताले दुस्ख पाएको बताउनुभयो । जनतालाई गाइगोठको वस्तु ठान्ने नेताहरुले जनताका समस्या हल गर्नै नसक्ने बताउनुभयो।

३२ वर्षदेखि शासन गरेका दलहरु प्रति देखेर दया लागेको बताउनुभयो । उहाँले बन्न नसकेका पालिकाहरुको नेतृत्व गर्न एकचोटि राप्रपालाई दिनुपर्ने समेत बताउनुभयो । देश कस्तो बनाउने तीनै पालिकाको विकास गरेर देखाउँछौँ उहाँले भन्नुभयो , 'नमुना पालिका बनाउनेछौँ '। उहाँले असफल पार्टीहरुलाई यसपालि विदाइ गर्नुपर्ने बताउनुभयो।



