गजुरीमा बसको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु

images
  • 221
    SHARES
  • आश्विन ६, २०७९ बिहीबार
    गजुरीमा बसको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु
    images

    काठमाडौं ।

    धादिङको गजुरी गाँउपालिका–१ गजुरी बजार स्थित पृथ्वीलोकमार्गमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा बालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा आर्दश स्कुलमा कक्षा १ मा अध्यानरत स्थानिय दिल बहादुर परियारका छोरा ६ बर्षीय बिजय परियार रहेका छन । 

    accident_20210214155920.png

     

    आज बिहान पौने १० बजे काठमाण्डौबाट गोरखा जाँदै गरेको ग १ ख ४५ ६५ नम्बरको बसले बालकलाई ठक्कर दिएको थियो । दुर्घटनाको बिषयलाई लिएर स्थानिय र स्कुलका बिद्यार्थीहरुले उक्त राजमार्ग अवरुद्ध गरेका छन् । 

     

    अवरुद्ध सडक खुलाउने प्रयास भईरहेको छ । बस चालकलाई भने नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend