निर्वाचनको मिति पछि धकेलिए मुलुक दुर्घटनामा जान्छ : प्रमुख आयुक्त थपलिया

images
  • 170
    SHARES
  • बैशाख ३, २०७९ शनिबार
    निर्वाचनको मिति पछि धकेलिए मुलुक दुर्घटनामा जान्छ : प्रमुख आयुक्त थपलिया
    images

    काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्धारित मितिमै निर्वाचन हुनेमा शंका नगर्न आग्रह गरेका छन्  ।

    शनिबार जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।  निर्वाचनको मिति पछि धकेलिएमा मुलुक दुर्घटनामा फस्ने सम्भावना रहेको बताउँदै  निर्वाचनको मिति चाहेर पनि सार्न नसकिने बताए ।

    उनले भने, ‘क्षेप्यास्त्र प्रक्षेपण भएपछि त्यसलाई तलमाथि गर्ने प्रयास गरियो भने दुर्घटना हुन्छ, त्यसैले निर्वाचन निर्धारित मिति मै हुन्छ ।’उनले यसै वर्षभित्र प्रदेश, प्रतिनिधिसभा, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन गर्ने तयारी आयोगले गरिरहेको बताए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend