चितवन चितवनको भरतपुर महानगरपालिकामा नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले पार्टीबाट सामूहिक रूपमा राजीनामा दिएका छन्।
भरतपुर महानगरपालिका-१७ बेलुवामा शनिबार कार्यक्रम गरेर सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन्। राजीनामा दिने ५० जना रहेको भरतपुर नेपाली कांग्रेसले जनाएको छ।
स्थानीय प्रकाश कँडेलको संयोजकत्वमा भएको नेपाली कांग्रेसका क्रियाशील र साधारण सदस्यको भेलाले साधारण सदस्यसमेत नरहनेगरी राजीनामा दिएका छन्। स्वतन्त्र अभियानका लागि भन्दै राजीनामा घोषणा गरेका छन्।



