२३ असोज, चितवन
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छाडेको चितवन क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका डा. भोजराज अधिकारीले उम्मेदवारी दिएका छन् ।

भरतपुर अस्पतालको अध्यक्ष पदबाट राजीनामा दिएर डा. अधिकारीले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका हुन् । सोही क्षेत्रमा नेकपा एमालेबाट जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले उम्मेदवारी दिएका छन् । चितवनको माडी घर भएका न्यौपाने यसअघि नेकपाकालमा भरतपुर महानगरपालिकाको अध्यक्ष थिए । विद्यार्थी राजनीतिबाट आएका उनी पहिलोपटक संसदीय निर्वाचन लड्न लागेका हुन् ।
कांग्रेसबाट २ जनाको बागी उम्मेदवारी



