गठबन्धन बैठक: सिट बाँडफाँडको जिम्मेवारी कार्यदललाई

images
  • 147
    SHARES
  • बैशाख ४, २०७९ आइतबार
    गठबन्धन बैठक: सिट बाँडफाँडको जिम्मेवारी कार्यदललाई
    images

    काठमाडौं । सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचनमा महानगरपालिका र  उपमहानगरपालिकाका प्रमुख पदको उम्मेदवारको भागवण्डा सोमबारसम्म टुंगो लगाउने भएको छ।

    आइतबार बिहान बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले भोलिसम्म महानगरपालिका र उपमहानगरपालिकाको भागवण्डा टुंगो लगाउने निर्णय गरेको माओवादी केन्द्रका एक नेताले जनाएका छन् ।

    यसअघि गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकाको भागवण्डा केन्द्रबाटै गर्ने सहमति गरिसकेको छ । त्यस्तै सबै प्रदेशमा तालमेलको अवस्थाबारे सोमबार नै कार्यदलको रिपोर्ट लिने बैठकले निर्णय गरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

    गठबन्धनले स्थानीय तहको तालमेलको अवस्थाबारे बुझ्न केन्द्र, प्रदेश र स्थानीय तहमा संयन्त्र निर्माण गरेको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend