सातौं पटक चुनावी मैदानमा रामचन्द्र पौडेल 'यो देशका लागि केही गर्न बाँकी छ'

images
  • 131
    SHARES
  • आश्विन २४, २०७९ सोमबार
    सातौं पटक चुनावी मैदानमा रामचन्द्र पौडेल 'यो देशका लागि केही गर्न बाँकी छ'
    images

     नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले देशका लागि केही बाँकी रहेकाले उम्मेद्वारी दिएको बताएका छन् । तनहुँ १ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधि सभामा उम्मेद्वारी दर्ता गर्न आएका पौडेलले पत्रकारलाई प्रतिक्रिया दिँदें लोकतन्त्रका लागि केही बाँकी रहेको बताए । उनले भने, 'नेपालको लोकतन्त्र, राजनीतिक अवस्थालाई फेरी पनि अस्थिर बनाउने षडयन्त्र भइरहेका छन् । मुलुकलाई पछाडीतिर धकेल्ने कोशिषहरु भइरहेका छन । प्रतिगमन मुन्टो उठाउन खोज्दैछ ।' पौडेलले प्रतिगमानबाट देशलाई जोगाउन जरुरत रहेको दाबी गरे । जनताको उत्थानका लागि परिवर्तनलाई जोगाउनुपर्ने उनको भनाई छ । शुसासन कायम गर्दै गाउँ गाउँमा रोजगारी सिर्जना गर्ने उनको दावी छ ।

    vvvfgghh.jpg

    तनहुँको बुल्दीखोलाबाट गठबन्धनको सुरुवात भएको बताउदै उनले गठबन्धन नै जित्ने आधार भएको संकेत गरे । पौडेलको यो चुनावी यात्रा सातौं हो। उनी २०४८ सालदेखी लगातार चुनाव लडिरहेका छन् । २०४८ सालमा तनहुँ क्षेत्र नम्बर १ बाट पौडेल विजयी भए । २०५१ सालमा उनले निर्वाचन क्षेत्र फेर्दै क्षेत्र नम्बर २ बाट विजयी भए । २०५६, २०६४, २०७० मा उनी क्षेत्र नम्बर २ बाट नै विजयी भएका हुन् । संघीय पुर्नसंरचना अनुसार २०७४ को चुनावमा तनहुँमा दुई वटा मात्रै क्षेत्र कायम भयो । छैठौं पटकको चुनावी मैदान उनी क्षेत्र नम्बर १ बाट उत्रिए । तर उनको विजयी यात्रामा भने ब्रेक लाग्यो । पौडेल तत्कालिन वाम गठबन्धनका तर्फबाट उम्मेद्वारी दिएका तत्कालिन नेकपा एमालेका कृष्णकुमार श्रेष्ठ (किसान) सँग पराजित हुनुप¥यो । पौडेललाई श्रेष्ठले ६ हजार ८०२ मतान्तरले पराजित गरेका हुन् । किसानले ३४ हजार ४९२ र पौडेलले २७ हजार ६९० मत पाएका थिए । हाल श्रेष्ठ एमालेबाट विभाजन भएर स्थापति नेकपा एकिकृत समाजवादी पार्टीमा छन् उनले तनहुँ छाडेर बारा ४ बाट लड्दैछन् । सातौं चुनावी यात्रा पनि पौडेललाई त्यति सहज देखिदैन् नेपाली कांग्रेसबाट । निष्कासित पुर्व सहमहामन्त्री गोविन्दराज जोशीले पनि पौडेलकै क्षेत्रबाट प्रतिनिधि सभामा उम्मेद्वारी दर्ता गराइसकेका छन् । जोशीले अघिल्लो पटक पनि उम्मेद्वारी दर्ता गराएका थिए । तर उनको उम्मेद्वारी निर्वाचन आयोगले अयोग्य ठहर गर्दै रद्ध गरेको थियो । पौडेल विरुद्ध नेपाली काङ्ग्रेसका पुर्व जिल्ला सचिव विश्व बास्तोलाले स्वतन्त्र उमेदवारी दिएका छन् पौडेल निकट मानिने बास्तोलाले उम्मेद्वारी दिएपछि उनलाई धेरथोरै असर गर्ने देखिन्छ । यस्तै, नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य गोविन्द भट्टराईले स्वतन्त्र उमेदवारी दिने तयारी गरेपनि अन्तिम समयमा पछि हटेका छन् । भट्टराईले लागि प्रतिनिधिलाई मनोनयन दर्ता स्थलमा पठाएपछि अन्त्यमा उमेदवारी दिने निर्णयबाट पछि हटेका हुन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend