भरतपुर महानगरपालिकाको मेयरमा अडान राखेका छैनौ : प्रचण्ड

images
  • 157
    SHARES
  • बैशाख ५, २०७९ सोमबार
    भरतपुर महानगरपालिकाको मेयरमा अडान राखेका छैनौ : प्रचण्ड
    images

    काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकाको मेयरमा आफूहरुले अडान नराखेको बताएका छन् । सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भरतपुर र रेनु दाहालमा आफूले अडान नलिएको दावी गरे ।

    ‘भरतपुर नै नभई भएन रेनु नै नभइ भएन भन्ने हाम्रो अडान होइन, गठबन्धनमा एउटा महानगर त माओवादी केन्द्रले पाउने नै होला । काठमाडौ दिने भए पनि ठीक छ, विराटनगर भने पनि ठीकै छ ।

    तर विगतको चुनावमा माओवादी केन्द्रले जितेको हुनाले माओवादी केन्द्रले भरतपुर लिँदा नै उपयुक्त हुने प्रचण्डले बताए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend