सहमति जोसँग जुट्छ उहीसँग गठबन्धन गर्छौंः प्रचण्ड

images
  • 173
    SHARES
  • बैशाख ५, २०७९ सोमबार
    सहमति  जोसँग जुट्छ उहीसँग गठबन्धन गर्छौंः प्रचण्ड
    images

    काठमाडौं,

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिट बाँडफाँटको विषयमा पाँच दलीय गठबन्धनबीच सहमति भएन भने त्यसभित्रका दलहरुसँग तालमेल हुने बताएका छन्। आफूहरु गठबन्धन गरेरै जाने तर पाँच वटाकै सहमति नहुन सक्ने भएकाले जहाँ जसको सहमति हुन्छ, त्यहाँ गठबन्धनभित्रैका दलहरुबीच सहमति गरेर निर्वाचनमा जाने उनले बताए।

    bbb.jpg

    यदि गठबन्धनभित्र सहमति सबैको बीचमा भएन भने ज-जसको बीचमा सहमति हुन्छ, त्यस-त्यसको बीचमा सहमति गरेर हामी अगाडि जान्छौँ, उनले भने। सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो पार्टी एक्लै चुनावमा भिड्न पनि तयार रहेको बताए। कसैसँग भएन भने एक्लै भिड्ने तयारी त हामीले तीन महिनादेखि गरेकै छौँ नि। सहमति त भएन भने त्यतिकै बस्ने कुरा त भएन। भिडेर जाने नै कुरा हुन्छु, उनले भने।

    एक्लै प्रतिस्पर्धा गरेको स्थितिमा पनि माओवादी केन्द्रले नै बढी जित्ने उनले दाबी गरे। किनभने जनताले बुझिसके देश संकटमा परेको बेलामा बचाउने को रहेछ। यो परिवर्तनप्रति इमानदार, गम्भीर र जिम्मेवार को रहेछ। देशको संकटमोचन कसले गर्छ भन्ने कुरा जनताले बुझेको हुनाले यो पटक माओवादी केन्द्र एक्लै गयो भने पनि राम्रो हुन्छु, उनले भने।

     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend