स्वर्णिम वाग्लेलाई कांग्रेसले उम्मेदवार नबनाएकोमा पूर्वप्रधानमन्त्री डा.भट्टराईको असन्तुष्टि

images
  • 121
    SHARES
  • आश्विन २८, २०७९ शुक्रबार
    स्वर्णिम वाग्लेलाई कांग्रेसले उम्मेदवार नबनाएकोमा पूर्वप्रधानमन्त्री डा.भट्टराईको असन्तुष्टि
    images

    काठमाण्डौ, असोज २८–

    काठमाण्डौ

    पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसले अर्थविद् डा. स्वर्णिम वाग्लेलाई टिकट नदिएकोप्रति असन्तुष्टि जनाउनुभएको छ ।

     
    cvfgh.webp
    आज (शुक्रवार) एशोसिएशन अफ चार्टर्ड एकाउन्टेन्टस (एक्यान)ले गरेको दिगो आर्थिक विकास विषयक सम्मेलनमा बोल्दै नेता भट्टराईले कांग्रेसले वाग्लेलाई टिकट नदिएको भन्दै असन्तुष्टि जनाउनुभएको हो । उहाँले कांग्रेसप्रति कटाक्ष गर्दै देशकै ठूलो भन्ने दाबी गर्ने पार्टीले विद्वान् व्यक्तित्वहरूलाई चुनावमा टिकट निदएर देश विकास हुन नसक्ने बताउनुभयो । उहाँले विज्ञहरूलाई देशभन्दा बाहिर पठाएर देशभित्र गरिब, निमुखामात्रै बस्ने हो भने दिगो आर्थिक विकास गर्न समस्या हुने औँल्याउनुभयो । उहाँले नेपालमा सबैले आफैँले आफैँलाई ठग्ने अवस्थामा पुगेको बताउनुभयो ।
    भट्टराईले समयको व्यवस्थापन गर्न नसकेसम्म देशको समृद्धि नहुने भन्दै आर्थिक विकास र देशमा उत्पादन बढाएर दिगो विकास गर्नु आवश्यक रहेको बताउनुभयो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend