नेविसंघको स्थापना दिवसलाई मंगलबार सम्बोधन गर्दै पौडेलले मुलुकमा परिवर्तन ल्याउनका लागि आगामी संघीय निर्वाचनसम्मका लागि मिलेर जानुपर्ने बताए । 'यो गठबन्धन सत्ताका लागि होइन, व्यवस्थाका लागि हो । यो गठबन्धन शेरबहादुर देउवालाई प्रधाानमन्त्री बनाउका लागि होइन, यो गठबन्धन नेपालमा लोकतन्त्र बचाउनका लागि हो,' उनले भने, 'यो गठबन्धनको शक्ति देखेर केपी ओली थरथरी काँपेका छन्, हतास भएका छन् र हतासमा अभिव्यक्ति दिइरहेका छन् ।'
गठबन्धनमा रहेका दलहरूलाई पौडेलको आग्रह थियो, 'यो गठबन्धन परिवर्तनका लागि हो, परिवर्तनलाई बचाउनका लागि हो । यो परिवर्तनलाई जोगाउनका लागि हो । गठबन्धनका सदस्यहरूले आ-आफ्नो हैसियत, दायित्व बुझेर स्थानीय निर्वाचित र आउँदा चुनाव पनि सफल पार्नका लागि एकताबद्ध भएर जानुपर्छ । आफ्नो, आफ्नो कर्तव्य दायित्व बुझेर जानुपर्छ ।'



