भरतपुर माओवादीलाई दिनुपर्ने भयो: प्रधानमन्त्री देउवा

images
  • 153
    SHARES
  • बैशाख ६, २०७९ मंगलबार
    भरतपुर माओवादीलाई दिनुपर्ने भयो: प्रधानमन्त्री देउवा
    images

    चितवन । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले चितवनको भरतपुर महानगरपालिकाको मेयर पद छाड्नुपर्ने बताएका छन् ।मंगलबार चितवन जिल्ला सभापति राजेश्वर खनाललाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर उनले भरतपुरको मेयर पद माओवादी केन्द्रलाई दिनुपर्ने बताएका हुन् ।

    ‘काठमाडौं, ललितपुर र विराटनगर हामीले लिनुपर्ने भयो, भरतपुर माओवादीलाई दिनपर्ने भयो, तपाईंले जिल्लाको माहोल सम्हाल्नुपर्‍यो’ देउवाले खनालसँग भनेका थिए ।

    जवाफमा जिल्ला सभापति खनालले जिल्लामा कार्यकर्ताहरु भरतपुर महानगरपालिकाको मेयर छाड्न नहुने पक्षमा रहेकाले आफूले सम्हाल्न नसक्ने बताएका थिए ।जिल्ला सभापति खनालले भविष्यमा आउने निर्वाचन परिणामको जिम्मेवारी आफूले लिन नसक्ने र त्यसको जिम्मा पार्टी केन्द्रीय सभापतिकै हुने जवाफ दिएको उनले अनलाइनखबरसँग बताए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend