भरतपुरको मेयर माओवादीलाई छाड्न सकिँदैन- दिनेश कोइराला

images
  • 166
    SHARES
  • बैशाख ६, २०७९ मंगलबार
    भरतपुरको मेयर माओवादीलाई छाड्न सकिँदैन- दिनेश कोइराला
    images
    नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहाललाई समर्थन गर्न नसक्ने दाबी गरेका छन्।
    कांग्रेसले भरतपुरको मेयर पदमा माओवादी केन्द्रका उम्मेदवारलाई सघाउने निर्णय गरेको भनेर विभिन्न सञ्चार माध्यममा आएको समाचारमा कुनै सत्यता नभएको उनले बताए।

    उनले कांग्रेसको केन्द्रीय समितिले अहिलेसम्म यस्तो निर्णय नगरेको र यस्तो घातक निर्णय गर्छ भनेर विश्वास पनि गर्न नसकिने बताए। नेपाली कांग्रेसले भरतपुरको मेयर पद अन्य पार्टीलाई दिन नहुनुको दस कारण उल्लेख गर्दै कोइरालाले विज्ञप्ति जारी गरेका छन्।

    विज्ञप्तिमा उनले भरतपुर महानगरपालिकाका २९ वटै वडा समितिहरूले मेयर पदमा नेपाली कांग्रेसकै उम्मेदवार हुनुपर्छ भनेर सर्वसम्मत निर्णय गरिसकेको, नेपाली कांग्रेस चितवन जिल्ला कार्यसमितिले पनि मेयरमा कांग्रेसले नै उम्मेदवारी दिनुपर्छ भनेर निर्णय गरिसकेको उल्लेख गरेका छन्।

    कांग्रेस केन्द्रीय समितिले नै नेपाली कांग्रेस चितवनको विचार तथा भावनालाई समर्थन गरेर निर्णय गरिसकेको र केन्द्रीय समितिले स्थानीय अवस्था र आवश्यकताअनुसार तालमेलको निर्णय गर्न सकिने भनेर निर्णय नै गरिसकेको भन्दै उनले भरतपुरको मेयर पद छाड्न कार्यकर्ता तयार नरहेको बताए।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend