जसपाको घोषणापत्र सार्वजनिक : महानगरमा नगर रेल, पालिकामा चक्रपथ [पूर्णपाठ]

images
  • 153
    SHARES
  • बैशाख ७, २०७९ बुधबार
    जसपाको घोषणापत्र सार्वजनिक : महानगरमा नगर रेल, पालिकामा चक्रपथ [पूर्णपाठ]
    images

    काठमाडौं । जनता समाजवादी पार्टीले स्थानीय तहको निर्वाचनको लागि घोषणापत्र सार्वजनिक गरेको छ। 

    पार्टीले हरेक पालिकामा स्थानीय विशिष्टता अनुरुप सेरोफेरोमा चक्रपथ निर्माण गर्ने र पानीको महसुल २०० रुपैयाँसम्म मिनाहा गर्ने विभिन्न योजनासहित घोषणापत्र सार्वजनिक गरेको हो । 

    ‘पालिकास्तरका विद्यालय तथा आधारभूत सेवा कार्यालयहरुलाई सडकसँग जोडिने छ। सडकहरुको गुणस्तर सुधार गर्दै लगिने छ। सबै पालिकाहरुमा एक बसपार्क बनाइने छ। महानगरहरुमा नगररेल सेवा विकासको सम्भावनाबारे अध्ययन गरिने छ,’ घोषणापत्रमा भनिएको छ।

    शुद्ध पिउने पानीको सुविधा नपुगेका घरबस्तीमा खानेपानी सुविधा पुर्‍याइने प्रतिबद्धता पनि घोषणापत्रमा व्यक्त गरिएको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend