भरतपुरका नेता, कार्यकर्तालाई सम्झाउन देउवाले पठाए मन्त्री श्रेष्ठलाई चितवन

images
  • 210
    SHARES
  • बैशाख ७, २०७९ बुधबार
    भरतपुरका नेता, कार्यकर्तालाई सम्झाउन देउवाले पठाए मन्त्री श्रेष्ठलाई चितवन
    images

    चितवन, वैशाख ७–

    सत्तागठबन्धनमा भरतपुर महानगरपालिकाको मेयर नेकपा (माओवादी केन्द्र)लाई दिने सहमति भएपछि आक्रोशित कांग्रेस नेता तथा कार्यकर्तालाई सम्झाउन प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ चितवन आइपुगेका छन् ।

    उनी बुधबार दिउँसो बुद्ध एयरमार्फत भरतपुर आइपुगेका हुन् । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले भरतपुरको अवस्था गम्भिर बन्दै गएपछि स्थिति साम्य बनाउन केन्द्रीय सदस्य एवं मन्त्री श्रेष्ठलाई चितवन पठाएका हुन् ।

    भरतपुर विमानस्थलमा संचारकर्मीहरुसंग कुरागर्दै मन्त्री श्रेष्ठले देशको राष्ट्रिय राजनीति सम्हाल्नका लागि गठबन्धन बनेको भन्दै यसलाई सामान्य रुपमा लिन सबैलाई आग्रह गरेका छन् । उनले देशका अन्य तीन महानगरपालिकामा कांग्रेसले नेतृत्व गर्ने भएकाले भरतपुरलाई छाड्न बाध्य भएको बताए । ‘निर्णय पश्चात आवेश, इच्छाआकाङ्‌‌क्षा हुनु स्वभाविक हो, दुईचार दिन बसेर साथीहरुलाई सहजीकरण गर्नका लागि चितवन आएको हुँ। सबैलाई मिलाएर लैजान्छौं।’–मन्त्री श्रेष्ठले भने ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend