चितवनको रत्ननगरमा भारतीय ट्रकको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु, एक घाइते

images
  • 162
    SHARES
  • बैशाख ७, २०७९ बुधबार
    चितवनको रत्ननगरमा भारतीय ट्रकको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु, एक घाइते
    images

    चितवन, वैशाख ७–

    चितवनको रत्ननगरमा बुधबार अपरान्ह भारतीय ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

    रत्ननगर नगरपालिका–९, भानुचोकस्थित राजमार्गमा बुधबार दिउँसो ३ः१५ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको BR06GD8672 नम्बरको भारतीय ट्रकले विपरीत दिशाबाट आउदै गरेको साइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा साइकलमा पछाडी सवार रत्ननगर–१० का रामबहादुर परियारका ६ वर्षीय छोरा प्रिन्स परियारको मृत्यु भएको हो ।

    गम्भिर घाइते भएका परियारलाई भरतपुर अस्पताल ल्याउन चिकित्सकले मृत घोषणा गरेको थियो । सोही साइकल चालक बारा जितपुर–६ घर भई हाल रत्ननगर–९ भानुचोक बस्ने शेख एकवालका छोरा १६ वर्षीय राजा भन्ने सौगात अली घाइते भएका छन् । टाउको, हात, पेट, ढाडमा चोट लागेका अलीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    प्रहरीले ट्रक चालक भारतको बारबंशी कोतवाली नगर पंचायत बंकी ८ घर भएका ३० वर्षीय मोनु कश्यपलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय टांडीमा राखेको छ ।

     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend