दोस्रो देवघाट गाउँपालिका अध्यक्ष कप ब्याडमिन्टन प्रतियोगिताको उपाधी पुर्वी चितवनलाई

images
  • 941
    SHARES
  • कार्तिक ५, २०७९ शनिबार
    दोस्रो देवघाट गाउँपालिका अध्यक्ष कप ब्याडमिन्टन प्रतियोगिताको उपाधी पुर्वी चितवनलाई
    images
     करिस्मा गुरुङ देवघाट तनहुँ : कार्तिक ५ गते
    308769266_1304725307020616_2091192299489890053_n.jpg
    "स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद" भन्ने मुल नारा सहित देवघाट ब्याडमिन्टन संघ देवघाटद्वारा आयोजना गरिएको दोस्रो गाउँपालिका अध्यक्ष कप डबल ब्याडमिन्टन प्रतियोगिता आज सम्पन्न भएको छ ।
     
    312493218_636675171254662_7575243101823827098_n.jpg
    दुई दिन सम्म भएको सो दोस्रो गाउँपालिका अध्यक्ष कप ब्याडमिन्टन प्रतियोगिताको उपाधी पुर्वी चितवनले हात पारेका छ। तनहुँ, चितवन,नवलपुर र गोरखा जिल्लाका गरी करिब ३८ टिमको सहभागीता रहको सो ब्याडमिन्टन प्रतियोगितामा पुर्वी चितवनका पंककज रेग्मि र प्रताप श्रेष्ठले प्रथम स्थान हासिल गरेको हो ।
    312167504_1238708180245455_1225896668766334489_n.jpg
     
    त्यस्तै तनहुँ दमौलीका लाल बहादुर थापा र बिपिन घलेले दोस्रो स्थान हासिल गरेका छन् भने नवलपुरका अनिल मल्ल, नरेन्द्र मानान्धर र तनहुँ दमौलीका राजु गुरुङ, बिश्वास बिकले तेस्रो स्थान हासिल गरेका छन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयहरूलाई क्रमशः ४० हजार, २० हजार र १०/ १० हजार नगत पुरस्कार सहित मेडल र सम्मान पत्र दिएका थिए ।
     
    312498274_515528923397847_8176079448050520378_n.jpg
    सो कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले अबका दिनमा देवघाट गाउँपालिकाको खेलकुद क्षेत्रको दिगो बिकास गर्ने बताए । अध्यक्ष थापाले मन्तव्य दिदैँ देवघाट ब्याडमिन्टन सँघले आयोजना गरिएको यस खेल भव्य रूपमा सफल भएको बताउदै आगामी दिनहरूमा देवघाट गाउँपालिकाको बिकासको निम्ति र हरेक क्षेत्रलाई एकबद्वताका साथ अगाडि बढाउने प्रतिबद्धता जनाए ।
    312282009_506357408047706_3890542589487107242_n.jpg
     
    कार्यक्रममा देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङ, देवघाट गाउँपालिका वडा नम्बर ५ का प्रवक्ता एवं वडा अध्यक्ष पुर्ण बहादुर कुँवर, वडा नम्बर ५ का वडा सदस्य याम बहादुर मगर,देवघाट ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक हरिनारायण श्रेष्ठ,देवघाट बचत तथा ॠण सहकारी संस्थाका अध्यक्ष अर्जुन अधिकारी,देवघाट उद्योग बाणिज्य संघका अध्यक्ष रोसन श्रेष्ठ लगाएत उपस्थिति रहेको थियोे ।
     
    312572300_464655642309158_3282586922114123948_n.jpg
    सो दुई दिनको ब्याडमिन्टन प्रतियोगिता देवघाट ५ नम्बर स्थित धर्मार्थ अस्पतालको प्राङ्गणमा भएको थियोे । भने कार्यक्रम देवघाट ब्याडमिन्टन संघका अध्यक्ष अनिल मिश्रको अध्यक्षतामा भएको थियोे ।
    312547021_652891146190790_1358930237027413821_n.jpg312442659_841430517038218_5215416507073634713_n.jpg312456584_525431265600616_426166543477295642_n.jpg312425533_1283803869101261_5153940806133471246_n.jpg311991597_1331663850705020_6957639795035517574_n.jpg312585686_875893933410873_294518407502154414_n.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend