काठमाडौँ । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेताहरूलाई बालुवाटारमा बोलाएका छन्।
पार्टीभित्रको असन्तुष्टिका बीच पाँच दलीय गठबन्धनबीच बुधबार भागवण्डा टुंगिएको अवस्थामा सभापति देउवाले दिउँसो ३ बजे नेताहरूलाई बालुवाटारमा बोलाएका हुन्।बैठकमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी र प्रभावशाली नेताहरूलाई डाडिएको बालुवाटार स्रोतले जानकारी दियो। बैठकमा पार्टीभित्र देखिएको असन्तुष्टि कसरी हल गर्ने, भागवण्डा बाँकी रहेका ठाउँमा कसरी गर्ने र समग्रमा चुनावी रणनीतिबारे छलफल हुनेछ।
विशेष गरी शेखर कोइराला पक्षले वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा एकल रुपमा जानुपर्ने अडानका बीच संस्थापन पक्ष गठबन्धनका लागि तयार भएको छ।



