भारत र चीनमा कोरोना संक्रमण बढेपछि नेपालले गरायो सचेत

images
  • 149
    SHARES
  • बैशाख ८, २०७९ बिहीबार
    भारत र चीनमा कोरोना संक्रमण बढेपछि नेपालले गरायो सचेत
    images

    काठमाडौं, वैशाख ८ –

    भारत र चीनमा कोरोनाभाइरस संक्रमण बढेपछि नेपालले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन जनस्वास्थ्यको मापदण्डहरूको पालना गर्न गराउन आग्रह गरेको छ ।

    भारत र चीननमा पछिल्लो साता कोरोना संक्रमण बढेपछि बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पनि संक्रमणको जोखिम कायमै रहेको भन्दै सचेत गराएको हो ।

    कोरोनाविरुद्धको खोप लगाउन र पूर्ण मात्रा खोप लगाएको तीन महिना पूरा भएकाले बुस्टर मात्रा खोप लगाउनु मन्त्रालयले आग्रह गरेको छ ।

    मन्त्रालयकी प्रवक्ता डा। संगीता कौशल मिश्राले बिहीबार विज्ञप्ति जारी गर्दै जनस्वास्थ्यको मापदण्डहरूको पालना गर्न गराउन र खोप नलगाएकालाई तत्कालै खोप लगाउन आग्रह गरेकी हुन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend