एसईई परिक्षा आज बाट सुरु ,देवघाटका १० विद्यालयहरुको केन्द्र महेश संकृत गुरुकुल

images
  • 362
    SHARES
  • बैशाख ९, २०७९ शुक्रबार
    एसईई परिक्षा आज बाट सुरु ,देवघाटका १० विद्यालयहरुको केन्द्र महेश संकृत गुरुकुल
    images

    देवघाट तनहुँ,

    तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित महेश संकृत गुरुकुलमा आज बाट एस ई ई परिक्षा सुरु भएको छ। परिक्षाको आज पहिलो दिन सहभागी विद्यार्थीहरुले अनिवार्य बिषय अन्तरगतको अङ्ग्रेजी बिषयको परिक्षा दिएको छ।

    278633124_931856634155930_6867793039879850060_n.jpg

    देवघाट गाउँपालिकाको ७ सामुदायिक विद्यालयहरु भृकुटी मावि सारङ्गघाट,कालिका मावि देवघाट,पार्वती मावि कोटा, बज्रयोगीनी मावि देवघाट, लक्ष्मी मावि प्युघर देउराली,सिद्ध महाकाली मावि देवघाट र बालकेश मावि छिपछिपे रहेको छ भने गुरुकुल विद्यालय तर्फ महेश संकृत गुरुकुल देवघाट ,परमानन्द संकृत गुरुकुल देवघाट र वेदवेदाङ्गग विद्यालय देवघाटका २ सय तैंतिस जना विद्यार्थीहरु परिक्षामा सहभागी भएको परिक्षाका केन्द्र अध्यक्ष अशोक खत्रीले जानकारी दिनुभयो। साथै उहाँले सहभागी विद्यार्थीहरुलाई व्यवस्थित र मर्यादित तरिकाले परिक्षा दिने वयवस्था मिलाएको बताउनुभयो।

    278849966_979101049407001_4296219795231159320_n.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend