नेपालको भ्रमणमा आएका अमेरिकी संसदीय टोलीबीच भेटवार्ता

images
  • 128
    SHARES
  • बैशाख १०, २०७९ शनिबार
    नेपालको भ्रमणमा आएका अमेरिकी संसदीय टोलीबीच भेटवार्ता
    images

    काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्का र नेपालको भ्रमणमा आएका अमेरिकी संसदीय टोलीबीच भेटवार्ता भएको छ। परराष्ट्र मन्त्रालय सिंहदबारमा  परराष्ट्रमन्त्री खड्कालाई भेट्न अमेरिकी टोली पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ।  

    jjj.jpg

    शनिबार सिनेटर किस्टर्न जिलिब्रान्डको नेतृत्वको संसदीय टोलीले मन्त्री खड्कासँग भेटवार्ता गरेको हो।  भेटमा द्विपक्षीय र बहुपक्षीय स्तरमा साझा चासोका क्षेत्रहरूमा पनि विचार आदानप्रदान गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यस्तै जलवायु परिर्वतनको असर र नेपाल अमेरिका सम्वन्धका बारेमा पनि उनीसँग कुराकानी भएको छ।  चार जना अमेरिकी सिनेटर र एक जना सांसदको टोली शुक्रबार साँझ काठमाडौं आइपुगेको थियो।  

     

    टोलीमा सिनेटरहरू सेल्डन ह्वाइटहाउस (रोड आइल्याण्ड), कोरी बुकर (न्यु जर्सी), मार्क केली (एरिजोना) र प्रतिनिधि सभा सदस्य मोन्डेयर जोन्स (१७ औं कङ्ग्रेसनल डिस्ट्रिक्ट, न्यूयोर्क) छन्।औपचारिक भ्रमणमा आएको अमेरिकी संसदीय टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा र अन्य सरकारी अधिकारी तथा राजनीतिक नेतृत्वसँग भेटघाट गरेर विभिन्न विषयमा छलफल गर्ने छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend