नवौं राष्ट्रिय खेलकुदमा ३८ खेल समावेश

images
  • 184
    SHARES
  • बैशाख १०, २०७९ शनिबार
    नवौं राष्ट्रिय खेलकुदमा ३८ खेल समावेश
    images

    काठमाडौं ।गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा ३८ खेल समावेश गरिएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले  पत्रकार सम्मेलनमार्फत ३६ खेलको प्रतियोगिता र २ प्रदर्शनी खेल समावेश गरिएको बताए।

    pp.png

    आठौं राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा भएका ३५ खेललाई निरन्तरता दिँदै रग्बी सेभेन ए साइड थपिएको छ। प्रदर्शनी खेलमा ठेलो र क्यानोइङ छन्। राखेपले ११२औं बोर्ड बैठकको निर्णाय सार्वजनिक गर्न पत्रकार सम्मेलन गरेको थियो। 

    खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा शुक्रबार सिंहदरबारस्थित खेलकुद मन्त्रालयको सभाहलमा राखेपको बोर्ड बैठक बसेको थियो। २०७५ सालपछि पहिलोपटक बोर्ड बैठक बसेको हो। सदस्य–सचिव घिसिङले नवौं राष्ट्रिय खेलकुदमा अनुमानित ६ हजार ८ सय खेलाडी, एक हजार प्रशिक्षक, पाँच सय व्यवस्थापक, १ सय १४ संघका प्रतिनिधि र एक हजार निर्णायक सहभागी हुने जानकारी दिए। 

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend