देवघाट तनहुँ : कार्तिक २० गते
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनाव नजिकिँदै गर्दा तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ मा राष्ट्रिय युवा संघ र अखिल नेपाल महिला संघ देवघाटको संयुक्त आयोजनामा युवा तथा महिला भेला कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा प्रदेश सभा उम्मेदवार तनहुँ क्षेत्र नम्बर १( ख ) पुर्ण बहादुर गुरूङले कार्यक्रमलाई सम्बोधन गर्दै देवघाट गाउँ पालिकाको दिगो बिकासको निम्ति सम्पूर्ण देवघाटवासिहरूलाई यस पटक सुर्य चिन्हमा मतदान गरि अत्यधिक मतले विजयी गराइदिन अनुरोध गरे। साथै गुरुङले आफु निर्वाचित भएपछि स्वस्थ्य,शिक्षा,खानेपानी, पर्यटन प्रवद्द्न बाटोघाटो बिकास निर्माणको कामलाई पहिलो प्राथमिकता दिई देवघाटको मुहार फेर्ने बताउदै नेकपा एमाले अहिले आफ्नो गाउँ आफै बनाउ भन्ने अभियानमा एकजुट भएर अघि बढेको र आफ्नो गाउँ, ठाउँ बनाउनका लागि ढुक्कका साथ सुर्य चिन्हमा भोट हाल्न आग्रह समेत गरेका थिए।

सो कार्यक्रममा प्रदेश सभा समानुपातिक उम्मेदवार शिव अधिकारीले कार्यक्रम बोल्दै आफुलाई समानुपातिक उम्मेदवार तर्फमा भोट हाल्न आह्वान गर्दै नेकपा एमालेको घोषणापत्र लाई सम्झेर नेकपा एमालेलाई भोट हाल्न अनुरोध समेत गरे । सोही कार्यक्रममा रत्न बहादुर बोटे, गोकर्ण गुरूङ, सुक बहादुर गुरूङ, गणेश ढकाल, तारानाथ न्यौपाने, इन्द्रजित धिताल, कर्ण बहादुर राना, तुल बहादुर लोपा, राम बहादुर हमाल गरि ९ जना नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रका सदस्य नेकपा एमालेमा प्रवेश गरेका छन ।

राष्ट्रिय युवा संघ तनहुँका अध्यक्ष मदन तिमिल्सिनाले कार्यक्रम बोल्दै मंसिर ४ गतेको चुनावमा सुर्य चिन्हमा मतदान गर्न सम्पूर्ण देवघाटवासिहरूलाई अनुरोध गरेका थिए । तिमिल्सिनाले युवाहरू रहर लाग्दो,आइपर्दा डर लाग्दो र भर लाग्दो हुनुपर्छ भन्दै युवा व्यक्तिलाई जिताए देशलाई समृद्ध विकासतर्फ लैजान सकिने बताए । राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य सान श्रेष्ठले सञ्चालन गरेको कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल देवघाटका अध्यक्ष सुकु गुरूङको अध्यक्षतामा सम्पन्न भएको थियोे ।










