देवघाट तनहुँ:२०७९ कार्तिक २२ गते
तनहुँको देवघाट गाउँपालिका वडा नम्बर २ नरम गाउँमा प्रतिनिधि सभाका तनहुँ क्षेत्र न: १ का उम्मेदवार नेपाली काङ्ग्रेसका बरिस्ठ नेता रामचन्द्र पौडेल प्रतिनिधि सभा निर्वाचन २०७४ मा हार हुँदा तनहुँको बिकासमा ५ वर्ष धक्का लागेको बताए।

साथै बरिस्ठ नेता पौडेलले घरदैलो गर्दै मतदाताहरु संग सल्लाह सुझाव लिदै आसन्न निर्वाचन मंसिर ४ गते साझा प्रतिनिधि सभा सदस्य तनहुँ क्षेत्र न: १ बाट आफ्नो उम्मेदवारी रहेको बताउदै रुख चिन्हमा मतदान गरि अत्यधिक मतले बिजायी गराउन आग्रह गरेका थिए। सो हार हुँदा देवघाट गाउँपालिकाकाको धेरै शाखा बाटो समय अनुसार स्तरउन्नति नहुदा देवघाटको बिकास पछी परेको बताए। साथै बरिस्ठ नेता पौडेलले आफु निर्वाचित भए पछि देवघाट गाउँपालिकाको बिकासलाई पहिलो प्राथमिकतामा राख्ने बताउदै गाइघाट मोटररेएवल पुल,भृरकोट गाइघाट कृषि मोटर मार्गालाई तुरुन्तै अगाडी बढाउने बताए।





