शहीद स्मारक ‘सी’ डिभिजन लिगमा मनोहरा युनाइटेड युथ क्लबले विजयी शुरुवात गरेको छ

images
  • 166
    SHARES
  • बैशाख १०, २०७९ शनिबार
    शहीद स्मारक ‘सी’ डिभिजन लिगमा मनोहरा युनाइटेड युथ क्लबले विजयी शुरुवात गरेको छ
    images

    शहीद स्मारक ‘सी’ डिभिजन लिगमा मनोहरा युनाइटेड युथ क्लबले विजयी शुरुवात गरेको छ ।मनोहराले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार भएको आफ्नो पहिलो खेलमा वीरगञ्ज युथ एकेडेमीलाई ४–० ले पराजित हराउँदै सानदार सुरुवात गरेको हो । 

    uuu.jpg

    खेलको सातौं मिनटमा सुजन बलम्पकी मगरले मनोहरालाई अग्रता दिलाएका थिए । २१ औं मिनटमा अजयकुमार चौधरीले गोल गरेपछि मनोहरा पहिलो हाफमा २–० ले अघि बढ्यो । 

    ५६ औं मिनटमा आशिष श्रेष्ठले गोल गर्दै टोलीलाई ३–० को अग्रता दिलाए । ७० औं मिनटमा कप्तान विनय खड्काले गोल गरेपछि मनोहराले ४–० को सहज जित निकाल्यो । यो जितसँगै मनोहराले तीन अंक जोड्दा पराजित वीरगन्जले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
    जारी लिगमा १४ टोली सहभागी छन् । जसमध्ये शीर्ष दुई टोली दोस्रो डिभिजनमा बढुवा हुँदा पुछारका दुई टोली भने घटुवा हुनेछन् । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend