बालेन शाहको उम्मेदवारी दर्ता,काठमाडौं महानगरको मेयरमा

images
  • 239
    SHARES
  • बैशाख ११, २०७९ आइतबार
    बालेन शाहको उम्मेदवारी दर्ता,काठमाडौं महानगरको मेयरमा
    images

    काठमाडौँ — काठमाडौं महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । मेयर उम्मेदवार शाहले आइतबार राष्ट्रिय सभा गृहमा स्थापना गरिएको काठमाडौं महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गराएका हुन् ।

    cc.jpg

    शाहले आइतबार बिहान आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेपछि सभागृहमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । बालेनले आफ्नो घोषणापत्रमा डिजिटल सरकारदेखि आइडिया बैंकसम्मका योजना अघि सारेका छन् ।

    यसका साथै उनले व्यक्तिगत घटना दर्ता, वृद्धभत्ता वितरण घर-घरमै पुगेर गर्ने प्रतिबद्धता पनि जनाएका छन् । ३१ वर्षीय शाह स्ट्रकचरल इन्जिनियरसमेत हुन् ।

    सबै वडा र नगरपालिका स्तरमा अनलाइन भुक्तानी प्रणाली सुरुवात गर्ने, सूचनाको हक र खरिद, टेन्डर प्रक्रिया र बजेटको पारदर्शिता डिजिटल माध्यमबाट गर्ने, जन्मदर्ता प्रमाणपत्र, मृत्युदर्ता, विवाह दर्ता तथा अन्य कागजातहरुको होम डेलिभरी गर्ने शाहको घोषणा पत्रमा उल्लेख छ ।

    युवाहरूलाई उनीहरुको व्यक्तिगत करियर मार्ग पत्ता लगाउन मद्दत गर्ने उद्देश्यले करियर परामर्श र कोचिङ कक्षा उपलब्ध गराउने शाहले बताएका छन् । उनले कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम परिमार्जन गरेर इतिहास, योग, आयुर्वेदजस्ता पौराणिक शिक्षा दिने पनि उनले बताएका छन् ।

     

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend