चितवन,कात्तिक २८-
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राम, सीता र लक्ष्मणसँग दुष्मनी गर्नेहरू सकिएको बताएका छन्। चितवनमा सोमबार भएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त टिप्पणी गरेका हुन्। ओली प्रधानमन्त्री हुँदा चितवनको ठोरीमा राम–लक्ष्मण जन्मेको स्थान भन्दै मुर्ती बनाएर पठाएका थिए।



