तनहुँ । तनहुँ क्षेत्र नं १ प्रदेश ख निर्वाचन क्षेत्रका नेकपा एमालेका उम्मेदवार पूर्णबहादुर गुरुङले सोमबार बन्दीपुरको विभिन्न वडामा घरदैलो गरेका छन् । उत्साहका साथ घरदैलो र चुनावी अभियान भएको बताउदैँ आफू जितको निकै नजिक पुगिसकेको गुरुङले बताएका छन् । गुरुङले जितलाई अझ फराकिलो बनाउन अभियान बाँकी नै रहेको समेत बताए ।

उनले बन्दीपुरको विभिन्न स्थानमा भएको चुनावी घरदैलो र कोणसभामा बोल्दै तनहुँको समृद्धि र रोजगारीको अवसर सिर्जना गर्न आफुले उम्मेदवारी दिएको बताएका छन् । गुरुङले कृषि पर्यटन पूर्वधार तथा शिक्षा र स्वास्थ्यको विकास गरी रोजगारीका अवसर सिर्जना गर्ने आफ्नो मुख्य प्राथमिकता भएको बताएका छन् । साथै उद्योग कलकारखानाको स्थापना गरी स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने तथा आर्थिक क्रान्ति पूरा गरी समृद्ध नेपाल निर्माणको कामलाई मुख्य प्राथमिकतामा राखेको बताए । आफ्नो क्षेत्रको सामाजिक महत्व र जनताका आवश्यकताको पहिचान गरी यसलाई कार्यान्वयन गर्ने बताएका छन् ।

कतिपय ठाउँ २०४८सालमा जस्तो अवस्था थियो अहिले पनि त्यस्तै अवस्थामा रहेको भन्दै गुरुङले आफूले जितेर गएपछि ती ठाउँको मुहार फेर्ने बताएका छन् । हिजो आफू नेपाली कांग्रेसमा लामो समय काम गरेपनि नेपाली कंग्रेसले जनताको आवश्यकता भन्दा बढी आफ्ना आफन्त र नातागोतालाई नै प्राथमिकता दिने गरेकोले आफूले कांग्रेसबाट विद्रोह गरेको उनको भनाइ छ ।

साथै उमेदबार गुरुङले अब राजनीतिमा युवा पुस्तालाई ल्याउनुपर्ने बताएका छन् अग्रजलाई सम्मान गर्दै अब देश हाँक्ने जिम्मेवारी युवा पुस्तालाई दिनुपर्ने र अनि मात्रै देशले काँचुली पनि गुरुङको भनाइ छ । एउटा व्यक्ति लामो समयसम्म लाभको पदमा बसेर पदिय जिम्मेवारी निभाउन नसक्ने भएपछि जनतासँग उत्साह नआएको भनाई छ । अवसर आवश्यकताका लागि हुनुपर्ने भन्दै उनले जनमत एकातिर तर शक्ति दुरुपयोगका गरी लाभको पद सधैं निश्चित ब्यक्तीलाइ हुँदा युवा र जनतालाई नै बितृष्ण छाएको बताएका छन् ।






