सौराहा हिडेका पर्यटकलाई चितवन–२ मा रोक्ने गरी विकास गर्ने योजना छः उत्तम जोशी

images
  • 132
    SHARES
  • कार्तिक २९, २०७९ मंगलबार
    सौराहा हिडेका पर्यटकलाई चितवन–२ मा रोक्ने गरी विकास गर्ने योजना छः उत्तम जोशी
    images

    चितवन, कात्तिक २९

    चितवन निर्वाचन २ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार नेपाली कांग्रेसका उत्तम जोशीले यस क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा बिकास गर्ने बताउनु भएको छ ।

     
    विभिन्न घरदैलो र कोणसभामा बोल्दै उहाँले पर्यटक चितवन आउँदा क्षेत्र नम्बर २ घुम्नै पर्ने किसिमले पर्यापर्यटनको विकास गर्ने योजना रहेको बताउनु भयो । ‘पर्यटकहरु चितवनको सौराहा, मेघौली, गोलाघाट घुम्न आउँदा चितवन २ मा पनि रोकिउन् भन्ने उद्देश्यले यहाँको पर्यटन क्षेत्रको विकास गर्ने योजना अघि सारेको छु’, जोशीले भन्नुभयो ।
    प्रदेश २ (ख) का विभिन्न क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने योजना रहेको उहाँले बताउनुभयो । उहाँले जखडीमाई, गणेशस्थानलगायतको क्षेत्रलाई समेटी धार्मिक सांस्कृतिक पर्यटन क्षेत्रको रुपमा विकास गर्ने विचार राख्नुभयो । यस्तै जलदेवी सामुदायिक वन, राइनोताललगायतका व्यवस्थित गर्न सके आन्तरिकसँगै बाह्य पर्यटकको आवागमन बढ्ने उहाँको विश्वास छ ।

    केरुङ्गा घोल, डबकहा घोल, पुंगीखोलालगायतलाई व्यवस्थित गर्ने उहाँको प्रतिबद्धता छ । यसले रोजगारी सृजनाका साथै स्थानीयको आम्दानीको स्रोत पनि बढ्ने उहाँको विश्वास छ । धार्मिकस्थल तथा सांस्कृतिक क्षेत्रको संरक्षण र विकासलाई पनि जोड दिने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • # उत्तम जोशी
  • Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend