काठमाडौं,कात्तिक ३०-
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यस पटकको निर्वाचन मसिनो गरी हेरिरहेको बताएका छन्। बुधबार सुनसरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रसेवकहरु राष्ट्रका सेवक भएको बताउँदै गठबन्धनका सेवक नभएको दाबी गरे। उनले भने, ‘मैल यस पटकको निर्वाचन मसिनोसँग हेरेको छु। को देशका लागि काम गर्छ, को कानुन विपरीत गठबन्धनका लागि काम गर्छ। त्यो मैले पनि हेरिराखेको छु,’ उनले भने, ‘म आग्रह गर्न चाहन्छु। राष्ट्रसेवकहरु राष्ट्रसेवक हुन्। गठबन्धनका सेवक होइनन्। राष्ट्रको सेवक भनेको गर्वको सेवक हो। म जनताको सेवक हुँ। तर कुनै गठबन्धन, सटबन्धन यस्ताको सेवक होइन।’



