मेरा मतदाता भोट दिन आतुर छन्,म भारी मतले जित्दैछु ः गुरुङ्ग

images
  • 145
    SHARES
  • कार्तिक ३०, २०७९ बुधबार
    मेरा मतदाता भोट दिन आतुर छन्,म भारी मतले जित्दैछु ः गुरुङ्ग
    images

    जनचाहना न्युज
    तनहुँ ३० कार्तिक 
    नेकपा एमालेबाट तनहुँ क्षेत्र नं १ क का प्रदेश सभासदस्य पदका उम्मेदवार रामबहादुर गुरुङ्गले मेरा मतदाता भोट दिन आतुर रहेकोले आफु भारी मतले बिजयी हुने बताएका छन् ।  जिल्लाको व्यास नगरपालिकाका विभिन्न स्थानमा मतदातासंग भोट माग्दै हिडेका उम्मेदवार गुरुङ्गले आफ्नो पक्षमा माहौल बनेकोले जीत सुनिश्चित भएको बताएका हुन् । मंसिर ४ गते प्रक्रियाको  मात्रै मतदाता पर्खाईमा रहेको उनले बताएका छन् ।

    विसं ०७४ सालको निर्वाचनमा यसै क्षेत्रबाट आफुलाई यसै क्षेत्रबाट अत्याधिक मत दिएर बिजयी गराएको बताउँदै उम्मेदवार गुरुङ्गले गतबर्षको निर्वाचनमा भन्दा अझ बढी मत ल्याएर जित्ने बताए । मेरा प्रत्यासीले धरौटी रकम पनि फिर्ता नहुने गरी आफुलाई भारी मतले बिजयी गराउने उनले ठोकुवा गरे । यस क्षेत्रको विकासमा आफु तल्लिन भएर लागेको र निरन्तर जनताको साथमा रहेकोले पुन ः एक पटक आफुलाई बिजयी गराउने आश्वसन पाएको उनले बताए ।

    यस क्षेत्रका बासिन्दाले आफुलाई भारी मतले बिजयी गराउन आतुर रहेको समेत उनले बताए । रोग र शोकबाट जनतालाई मुक्ति दिलाउने दीर्घकालिन योजना र यस अघि गरेका विकास निर्माणका कार्यले मतदाताले आफुलाई बिजयी गराउनेमा ढुक्क भएको उनको दाबी रहेको छ । गतबर्षको निर्वाचनले यसबर्षको निर्वाचनमा धेरै सहज भएकोले जीत सुनिश्चित छ,त्यसकारण म ढुक्क छु ,उनले भने ।

    प्रदेशको गौरवका आयोजना मस्र्याङ्दी नदी लिफ्ट खानेपानी,पोखरीछाप सडक मार्ग,मोटरेवल पुल निर्माण,मिर्लुङ्गकोट,तनहुँसुरलाई पर्यटकीयस्थलको पहल,डुम्रे बेशीसहर खण्ड,होमस्टे,एक घर एक धारा,आधुनिक कृषि प्रणाली,औद्योगिक क्षेत्र निर्माण लगायतका विकास निर्माण गरेको र केही योजना पूरा नभएकोले पूरा गर्न एक पटक तपाई भोट दिने मतदाताको न्यानो माया पाएको उम्मेदवार गुरुङ्गले बताएका छन् । म मतदाताको घरदैलोमा जाँदा हामी मत दिन हतार छौ तपाई ढुक्क हुनुहोस् यस पटकलाई पुन ः तपाई भोट दिएर जिताउँछौ भन्ने बचन पाएकोले आफु पनि ढुक्क छु । उनले भने ।  

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend