जनता समाजवादी पार्टी (जसपा) ले स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक गरे

images
  • 99
    SHARES
  • बैशाख ११, २०७९ आइतबार
    जनता समाजवादी पार्टी (जसपा) ले स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक गरे
    images

    काठमाडौं

    जनता समाजवादी पार्टी (जसपा) ले स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलगायत नेताहरुले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

    pp.jpg

    घोषणापत्रमा स्थानीय तहमा विकासको संरचना तयार गर्ने, शिक्षालगायतका पूर्वाधारहरु तयार गर्नेलगायत विषय समेटिएको बताइएको छ ।

    त्यसैगरी प्रत्येक पालिकामा ५० शैयाको अस्पताल, प्रत्येक वडामा स्वास्थ्य चौकी र प्रत्येक व्यक्तिलाई स्वास्थ्य बीमा गराउने घोषणापत्रमा उल्लेख छ । प्रत्येक गाउँ घरमा विद्युतीकरण गर्ने पनि जसपाले जनाएको छ ।

     

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend