यूएईद्वारा नेपाललाई दियो १७७ रनको लक्ष्य

images
  • 150
    SHARES
  • मंसिर २, २०७९ शुक्रबार
    यूएईद्वारा नेपाललाई दियो १७७ रनको लक्ष्य
    images

    काठमाडौँ, मंसिर २

    यूएईले एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत निर्णायक खेलमा नेपाललाई १७७ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १७६ रन बनाएको हो ।

     
    तीन ओभरको समाप्तीमै महत्वपूर्ण तीन विकेट गुमाएको यूएईका लागि कुलश भुर्तेलको बलमा बोल्ड आउट हुनु अघि अलिसन शरार्फुले ३३ रन बनाए ।
    यस्तै, रोहन मुस्तफाले २४ रन र ओपनर मोहमद वासिमले ११ रन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन नसकेको अवस्थामा तल्लो क्रमका ब्याटर हजरत बिलाल र आर्यानले युएईको इनिङ सम्हालेका थिए ।

    ३१.१ ओभरमा यूएई ९३/९ को अवस्थामा थियो । त्यसपछि क्रिजमा आएको आर्यानले हजरतसँग ८३ रनको साझेदारी गर्दै यूएईको इनिङ उकासेका थिए । उनले अविजित ५४ रनको महत्वपूर्ण इनिङ खेले । हजरतले २० रन जोडे ।

    नेपालको बलिङमा गुलसन झा र दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले दुईरदुई विकेट लिए भने, सोमपाल कामी, ललित राजवंशी रे समान एक विकेट लिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend