विवेकशील साझा पार्टीले विराटनगर महानगरपालिकाको मेयरमा अमलेश कर्ण र भरतपुर महानगरपालिकाको मेयरमा प्रवीण काफ्लेलाई उम्मेदवार बनाउने

images
  • 84
    SHARES
  • बैशाख ११, २०७९ आइतबार
    विवेकशील साझा पार्टीले विराटनगर महानगरपालिकाको मेयरमा अमलेश कर्ण र भरतपुर महानगरपालिकाको मेयरमा प्रवीण काफ्लेलाई उम्मेदवार बनाउने
    images

    काठमाडौं

    विवेकशील साझा पार्टीले विराटनगर महानगरपालिकाको मेयरमा अमलेश कर्ण र भरतपुर महानगरपालिकाको मेयरमा प्रवीण काफ्लेलाई उम्मेदवार बनाउने भएको छ । 

    oooo.jpg

    भरतपुरको उपमेयरमा भने पुष्पा सापकोटालाई उम्मेदवार बनाउने भएको छ । विवेकशील साझाको आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उम्मेदवारहरूबारे निर्णय गरेको हो ।  

    विराटनगरका मेयर उम्मेदवार कर्ण र भरतपुरकी उपमेयर उम्मेदवार सापकोटा पार्टीका केन्द्रीय सदस्य हुन् । भरतपुरका मेयर उम्मेदवार काफ्ले चितवनका पूर्व जिल्ला संयोजक हुन् । 

    कर्ण २०७४ को संघीय निर्वाचनमा मोरङ क्षेत्र नम्बर ४ का उम्मेदवार थिए । उनले जिल्लामा भ्रष्टाचार विरोधी अभियानको नेतृत्व गर्नुका साथै विभिन्न सामाजिक र खेलकुद सम्बद्ध सङ्घसंस्था र अभियानहरूको अगुवाइ गरिसकेका छन् । 

    भरतपुरका मेयर उम्मेदवार २८ वर्षीय काफ्ले मेकानिकल इन्जिनियर हुन् । उनी ‘तातो भात अभियान’का योजनाकारमध्येका एक  हुन्, जुन अभियान अन्तर्गत भरतपुरमा कोभिड सङ्क्रमित बिरामीका कुरुवाहरूलाई २८ दिनसम्म निरन्तर निःशुल्क खाना खुवाइएको थियो ।

    त्यसै गरी भरतपुरकी उपमेयर उम्मेदवार सापकोटा महिला सशक्तीकरण, शिक्षा र स्वास्थ्य क्षेत्रमा विभिन्न अभियान सञ्चालन गर्नुका साथै त्यस सम्बन्धी कार्यक्रममा संलग्न हुँदै आएकी छन् । 

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend