चितवन, बैशाख ११-आसिष उप्रेती
नेकपा एमालेले राप्ती नगरपालिकाको मेयरमा गोविन्दप्रसाद कँडेललाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

नेकपा एमाले वागमती प्रदेश कमिटीको निर्णय अनुसार मेयरको उम्मेदवार कँडेललाई बनाउने निर्णय भएको हो । उपमेयरमा भने मेनुका पाठकलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।




