राप्रपाले उमेद्वारहरुलाई भ्रष्टाचार गर्दिँन भनेर कसम खुवाएपछि मात्रै मनोनयन दर्ता गराउने

images
  • 93
    SHARES
  • बैशाख ११, २०७९ आइतबार
    राप्रपाले उमेद्वारहरुलाई भ्रष्टाचार गर्दिँन भनेर कसम खुवाएपछि मात्रै मनोनयन दर्ता गराउने
    images

    गोरखा

    राप्रपा गोरखाले आफ्ना उमेद्वारहरुलाई भ्रष्टाचार गर्दिँन भनेर कसम खुवाएपछि मात्रै मनोनयन दर्ता गराउने भएको छ । भोलि बिहान गोरखाको गुरु गोरखनाथको मन्दिरमा लगेर आफ्ना उमेद्वारहरुलाई भ्रष्टाचार नगर्ने कसम खुवाएपछि मात्रै मनोनयन दर्ता गराउने पार्टीका उपाध्यक्ष तथा सचिवालय प्रमुख भीषण अर्यालले जानकारी दिए ।

    yt.webp

    उनले भने, ‘टिक लिने बेलामा पनि भ्रष्टाचार गर्दिँन भनेपछि मात्रै हामी दिन्छौँ । भोलि बिहान गोरखनाथको मन्दिरमा लगेर म यदी जनप्रतिनिधि पदमा जितेर आएँ भने भ्रष्टाचार गर्दिँन भनेर कसम खाएपछि मात्रै मनोनयन दर्ता गराउने तयारी गरेका छौँ ।’ उनका अनुसार भोलि विहान ९ बजे मन्दिरमा कसम खुवाउने कार्यक्रम छ । त्ययलगत्तै दिउँसो २ बजेसम्म मनोनयन दर्ता गराईसक्ने उनले बताए ।

    ‘चुमनुव्रीमा उमेद्वार भएपनि हामीले टिकट पुर्याउन सकेनौँ । अन्य ११ वटा स्थानीय तहमध्य सबैमा हाम्रा उमेद्वार रहनेछन् । उहाँहरु सबैले भोलीसम्म उमेद्वारी दर्ता गरिसक्नुहुन्छ’, उनले भने ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend