काठमाडौं,मंसिर ४
डडेल्धुराका प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार सागर ढकालले बुथको बाकसमा आफ्नो प्रतिनिधि राख्न नदिएको गुनासो गरेका छन्। उनले डडेल्धुराका जनताहरूले आफ्नो मतको सुरक्षा गरिदिन आग्रह गरेका हुन्। उनले भनेका छन्, ‘डडेल्धुराका जनताहरू बाटो बाटोमा भिडियो, लाइभ जे हुन्छ त्यही राखेर बस्नु पर्यो । गाडीको स्कर्टिंग हजुरहरूले नै गर्नुपर्यो । बुथको बाकसहरू कुनै पनि उम्मेदवारको एजेन्ट बिना हिँडेको छ।’



