मतदान अधिकृतले मतपेटिका प्रहरी चौकीमा लगेर छाडेपछि विवाद

images
  • 102
    SHARES
  • मंसिर ५, २०७९ सोमबार
    मतदान अधिकृतले मतपेटिका प्रहरी चौकीमा लगेर छाडेपछि विवाद
    images

    दैलेख

    दैलेखको ठाटीकाँध गाउँपालिकामा मतपेटिका छोडेर मतदान अधिकृत हिँडेको भन्दै विवाद सिर्जना भएको छ । मतदान अधिकृतले मतदान सकिएपछि मतपेटिका प्रहरी चौकीमा लगेर छाडेपछि विवाद सिर्जना भएको हो ।

     

    गाउँपालिकाको २ नम्बर वडाको पिपलचौतारास्थित जनता आधारभूत विद्यालय केन्द्रका मतदान अधिकृत ज्वालाप्रसाद खनालले प्रहरी चौकीमा मतपेटिका छाडेका हुन् । उनले आइतबार राति प्रहरी चौकीमा लगेर मतपेटिका छाडेको बताइएको  छ ।

     

    दैलेखका मुख्य निर्वाचन अधिकृत सरोजनिधि वाग्लेले घटनाको छानबिन भइरहेको बताए । उनले अहिले सर्वदलीय बैठक बसिरहेको र त्यसपछि मात्रै निर्णयमा पुगिने बताए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend