राप्तीको सबै वडामा एमालेले टुंग्यायो उम्मेदवार, कुन वडामा को ? (नामावलीसहित)

images
  • 132
    SHARES
  • बैशाख ११, २०७९ आइतबार
    राप्तीको सबै वडामा एमालेले टुंग्यायो उम्मेदवार, कुन वडामा को ? (नामावलीसहित)
    images

    आशिष उप्रेती, चितवन,

    वैशाख ११- बैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनमा राप्ती नगरपालिकाबाट एमालेका उम्मेदवारहरु टुंगो लागेको छ । नेकपा एमालेले राप्ती नगरपालिकाको मेयरमा गोविन्दप्रसाद कँडेल र उपमेयरमा मेनुका पाठकलाई उम्मेदवार बनाउने नेकपा एमाले वागमती प्रदेश कमिटीले निर्णय गरिसकेको छ ।

    त्यसैगरी एमालेले राप्तीका १३ वटै वडामा वडाध्यक्षका उम्मेदवारहरुको नामावली समेत टुंगो लगाएको छ । जसमा राप्ती वडा नम्बर १ बाट सिद्धिलाल स्याङ्तान, वडा नम्बर २ बाट श्याम सुन्दर उप्रेती, वडा नम्बर ३ बाट शिवकान्त ओली, वडा नम्बर ४ बाट केदार आचार्य, वडा नम्बर ५ बाट सिताराम तामाङ९वल०, वडा नम्बर ६  बाट जल्लु महतो थारु, वडा नम्बर ७ बाट छविलाल भुषाल, वडा नम्बर ८ बाट पूर्ण आचार्य, वडा नम्बर ९ बाट खड्क बहादुर तामाङ, वडा नम्बर १० बाट अमर बहादुर तामाङ, वडा नम्बर ११ बाट सोमिलाल मोक्तान, वडा नम्बर १२ बाट धर्मजित तितुङ र वडा नम्बर १३ बाट सुर्य बहादुर चेपाङको नाम सिफारिस गरेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend