मुस्ताङमा १४ सय मत गन्न बाँकी, कांग्रेसलाई ६३५ मतको अग्रता

images
  • 99
    SHARES
  • मंसिर ५, २०७९ सोमबार
    मुस्ताङमा १४ सय मत गन्न बाँकी, कांग्रेसलाई ६३५ मतको अग्रता
    images

    काठमाडौं

    प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुस्ताङमा नेपाली कांग्रेसका योगेश गौचन थकालीले अग्रता कायम राखेका छन् । थकालीले ३ हजार १५६ मत पाएका छन् ।

     

    ५ हजार ८२० मत गन्दा थकालीका निकतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रेमप्रसाद तुलाचनले २ हजार ५२१ मत पाएका छन् ।

     

    मुस्ताङमा ७ हजार २३० मत खसेको छ । अब १ हजार ४१० मत गन्न बाँकी छ । एमालेका तुलाचन भन्दा कांग्रेसका थकाली ६३५ मतले अगाडि छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend