देवघाट तनहुँ
तनहुँको देवघाट गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नले देवघाट गाउँपालिकाको अध्यक्ष,उपाध्यक्ष,वडा अध्यक्ष र सदस्य पदको उम्मेदवारी मनोनयन दर्ता दिनेमा पार्टीमा पहिलो बनेको छ।
आज मनोनयनको पहिलो दिन सुरुमै देवघाट गाउँपालिकाको अध्यक्ष पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको तर्फबाट कृष्णप्रसाद आचार्यले मनोनयन दर्ता गराएका छन् भने,उपाध्यक्ष पदमा गंगामायाँ गुरुङ,देवघाट ५ वडा अध्यक्ष पदमा कृष्णप्रसाद पोखरेल र वडा सदस्यमा चन्द्र बहादुर साहीले मनोनयन दर्ता गराएको देवघाटका निर्वाचन अधिकृत थमनसिङ्ग थापाले जानकारी दिनुभयो। साथै अधिकृत थापाले मनोनयन दर्ता प्रक्रियालाई सहज र सजिलो बनाउन समय बिभाजन समेत गरेको बताउनुभयो।
भोलि १२ गते बिहान १० बजे देखि दिउँसो १२ सम्म खुल्ला मनोनयन दर्ता गर्न सक्निने भने दिउँसो १२ बजे देखि दिउँसो १ बजे सम्म नेकपा माओवादी केन्द्र पार्टीले, दिउँसो १ बजे देखी दिउँसो २ बजे सम्म नेकपा एमाले पार्टी,दिउँसो ३ बजे देखि दिउँसो ४बजे सम्म नेपालि काङ्ग्रेस पार्टी र दिउँसो ४ बजे देखी साझा ५ बजे सम्म राप्रपा पार्टी,समाजवादी पार्टी,जसपा पार्टीलाई मनोनयन गर्न आउन आग्रह समेत गर्नुभएको छ।
३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले आज र भोलि उमेदवारको मनोनयन दर्ता गर्दैछ ।



