चितवन :
चितवनको कालिका नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसले शिवराम केसीलाई उमेदवार बनाउने भएको छ । मेयर पदमा धेरै नेताहरुको आकांक्षा भएपनि अनततः केसीले टिक पाएका हुन ।
पोल्ट्री क्षेत्रमा सफलता हात पारेका केसी नगरबासीमाझ लोकप्रिय मानिन्छन् । उनले सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उमेदवारी दर्ता गर्दैछन ।
केसीको मुख्य प्रतिसपर्धा ने.क.पा. एमालेका विनोद रेग्मीसंग हुनेछ । ५ दलीय गठबन्धनको समर्थन केसीलाइ रहनेछ । यसअघि २०७४ मा यहाँ एमालेले मेयर जितेको थियो ।



