चितवन क्षेत्र नम्वर १ को मत गणना सुरु भएको छ । यहाँ एमाले नेता सुरेन्द्र पाण्डे,काँग्रेसका विश्वनाथ पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका हरी ढकालविच कडा प्रतिस्पर्धा हुँदैछ ।
जिल्लाको क्षेत्र नं १ मा ६८.७३ प्रतिशत मत खसेको छ। सो क्षेत्रमा १ लाख ३९ हजार ८४५ मतदाता रहेका छन्। क्षेत्र नम्बर २ मा ६७.३ प्रतिशत मत खसेको छ। यस क्षेत्रमा एक लाख २४ हजार २१४ मतदाता रहेका छन्।