काठमाडौं–९ मा कृष्णगोपाललाई झिनो अग्रता, पछ्याउँदै घण्टी

images
  • 97
    SHARES
  • मंसिर ५, २०७९ सोमबार
    काठमाडौं–९ मा कृष्णगोपाललाई झिनो अग्रता, पछ्याउँदै घण्टी
    images

    ५ मंसिर, काठमाडौं

    काठमाडौं क्षेत्र नम्बर ९ मा नेकपा एमालेले सुरुवाती मत परिणाममा झिनो अग्रता लिएको छ । एमालेका कृष्णगोपाल श्रेष्ठले ५६४ मतका साथ सुरुवाती अग्रता बनाएका हुन् ।

    श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर पोखरेलले ५६१ मतका साथ पछ्याइरहेका छन् । एमाले र स्वतन्त्र पार्टीबीच ३ मतको मात्रै अन्तर छ ।

    नेकपा माओवादी केन्द्रकी कल्पना धमलाले ३४५ मत पाएकी छिन् । नेपाल मजदुर किसान पार्टीका सुमन महर्जनले २६०, राप्रपाका देवेन्द्र प्रधानले २१५, स्वतन्त्र उम्मेदवार मिलन पाण्डेले १२० मत पाएका छन् । अहिलेसम्म २ हजार २८६ मत गणना भएको छ ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend