५ मंसिर, डडेल्धुरा
डडेल्धुराको मतगणना आज दिउँसो २ बजेबाट सुरु हुने भएको छ । प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले सर्वदलीय बैठक बसिररहेको र २ बजेपछि मतगणना सुरु हुने जानकारी दिए । प्रतिनिधि सभातर्फ एक र प्रदेश सभातर्फ दुई निर्वाचन क्षेत्र रहेका डडेल्धुरामा ५६.६४ प्रतिशत मत खसेको छ ।
९१ हजार २०१ जम्मा मतदातामध्ये ५१ हजार ६६० मत खसेको मुख्य निर्वाचन अधिकृत वाग्लेले जानकारी दिए ।
प्रदेशसभा –१ मा वाम–लोकतान्त्रिक गठबन्धनबाट माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्ट, नेकपा एमालेका नेता एवं सुदूरपश्चिमका पूर्व भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरा, स्वतन्त्र उम्मेदवार महेशसिंह धामीलगायत छन्।
यसैगरी प्रदेशसभा –२ मा सत्ता गठबन्धनबाट कांग्रेस नेता एवं सुदूरपश्चिमका सामाजिक विकासमन्त्री गोविन्दराज बोहरा, स्वतन्त्र उम्मेदवार डा. ताराप्रसाद जोशी, नवराज धिक्तलगायत छन्।



