काठमाण्डाै
काठमाण्डाै क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा भइरहेकाे छ ।
काठमाण्डाै ४ मा अहिलेसम्म एक हजार पाँच सय ११ मत गन्दा कांग्रेसका गगनकुमार थापाले छ सय ६७ मत प्राप्त गर्नुभएकाे छ । उहाँलाई एमालेका राजन भट्टराईले पछ्याइ रहनुभएकाे छ । भट्टराईले छ सय ६३ मत प्राप्त गर्नुभएकाे छ ।
यस्तै राप्रपाका ठाकुर माेहन श्रेष्ठले ६४ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार अर्जुन कुमार प्रसाईंले २८ मत प्राप्त गर्नुभएकाे छ ।



