सङ्खुवासभाको दुर्गम क्षेत्रबाट मतपेटिका हेलिकप्टरमा ल्याइयो

images
  • 110
    SHARES
  • मंसिर ५, २०७९ सोमबार
    सङ्खुवासभाको दुर्गम क्षेत्रबाट मतपेटिका हेलिकप्टरमा ल्याइयो
    images

    सङ्खुवासभा 

    सङ्खुवासभाको दुर्गम र विकट क्षेत्र भोट खोला गाउँपालिकाका तीन वटा मतदान केन्द्रका मतपेटिका हेलिकप्टरबाट सदरमुकाम खाँदबारी ल्याइएको छ ।

    kimathanka__matpetika_heli_3_iHye6QBhKo.jpg

    छिमेकी देश चीनको सीमावर्ती किमाथांका, थुदाम र रिदाक मतदान केन्द्रका मतपेटिका नेपाली सेनाको हेलिकप्टरबाट ल्याइएको हो । सदरमुकाम खाँदबारीबाट १६२ किलोमिटर टाढा रहेको किमाथांकाबाट ल्याइएको हो । 

    kimathanka__matpetika_heli_1_4QV6YTD2tn (1).jpg

    भोट खोला गाउँपालिका–१ किमाथांकामा १ सय ४८ मत खसेको छ भने भोट खोला–२ थुदाम मतदान केन्दमा २० मत खसेको छ ।

    यी सबै केन्द्रको मत पेटिका खाँदबारी ल्याइएको हो । अहिले सम्म १ सय ६४ मतदान केन्द्र मध्ये १ सय ५ केन्द्रको मतपेटिका सदरमुकाम खाँदबारीमा ल्याइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    अन्य मतदान केन्द्रको मतपेटिकाहरू भने पैदल नै सदरमुकाम खाँदबारी ल्याउने काम भइरहेको छ । आज बेलुकीसम्म मतपेटिका सङ्कलनको काम भएपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु हुने जनाइएको छ । मतगणनाको लागि जिल्ला समन्वय समितिका हलमा तार जाली र सिसी क्यामेरा जडान गरी तयार गरिएको छ । 

    सङ्खुवासभामा ५६ प्रतिशत अर्थात् ६५ हजार ८ सय ९२ मत खसेको थियो । सङ्खुवासभामा १ लाख १७ हजार ५ सय ५४ मतदाता रहेका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend